काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार पदमा डा. सतिसकुमार देवलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले देवलाई रजिष्ट्रारमा नियुक्त गरेको हो । उनी त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा फर्माक्लोजीका सह—प्राध्यापक छन् ।
यस्तै, बैठकले प्रतिजैविक प्रतिरोध एन्टीमाइक्रोबियल रेजिस्टेन्स राष्ट्रिय कार्ययोजना स्वीकृत गरेको छ ।
प्रकाशित :- २०८० फागुन १५, मंगलबार

