नेपाल औषधि उत्पादक संघको आयोजनामा यहि फागुन २५ देखि २७ गतेसम नेपाल फर्मा एक्स्पो-२०२४ चितवनको भरतपुरमा हुँदैछ । नेपाली औषधिको प्रवद्र्धन गर्नका लागि एक्स्पो सन् २००५ देखि प्रत्येक दुई /दुई बर्षमा हुँदै आइरहेको छ । अहिले एक्स्पोको तयारी तीव्र गतिमा भइरहेको छ । एस्स्पो तयारीका सम्बन्धमा एक्स्पोका संयोजक प्रभात रुंगाटासंग गरिएको कुराकानीः

एक्स्पोको तयारी कहाँसम्म पुगेको छ ?
हामी काठमाडौँमा एक्स्पो गर्ने तयारी गरेका थियौ । तर काठमाडौँको भृकुटीमण्डपमा रहेको प्रर्दशनीस्थलमा खाली नभएकोले यसपटक पनि हामीले चितवनमा एक्स्पो हामीले गर्न थालेको हौ ।

एक्स्पोको तयारी काम करिब ९५ प्रतिशत सकिएको छ । स्टल बुकिङदेखि लिएर एक्स्पो स्थलको डिजाइनको काम सकिएको छ । एक्स्पोमा स्वदेश र विदेशी गरि १५० वटा स्टल राखिने छ । अहिले दुई वटा एक्स्पो यसअघि चितवनमा हामीले सम्पन्न गरिसकेका छौ ।

एक्स्पो गर्न किन आवश्यकता ?
सरकार, जनता, चिकित्सक, औषधि पसललाई एकै छातामुनि ल्याएर नेपाली औषधि बारेमा जानकारी गराउनु नै एक्स्पाको उद्देश्य रहेको छ । हामीले विगत २० बर्षदेखि नेपाली औषधिको प्रवद्र्धन गर्नका लागि एक्स्पो गर्दै आइरहेका छौ ।

२० बर्ष अगाडि नेपाली उद्योगी औषधिको बजार हिस्सा १० देखि १२ प्रतिशत मात्र ओगटेको थियो । नेपाली औषधि उद्योगले के गर्दैछ कुन प्रविधि ल्याएर औषधि उत्पादन गरिरहेको छ भनेर एक्स्पोमा जानकारी गराउँदै आएका छौ । यसरी हामी नबौ एक्स्पोसम्म आइपुग्दा हाम्रो आफ्नो मिहनेत, क्षमताले नेपाली औषधिको बजार ४५ देखि ५० प्रतिशतसम्म पुर्याएका छौ ।

अवको हाम्रो उद्देश्य नेपाली औषधि नेपालमा मात्र विक्री गर्ने मात्र होइन कि पश्चिमा कार्पेट, जुत्ता जस्तै हामी बाहिर मुलुकमा निर्यात गर्न सक्छै भनेर राज्यलाई घचघचाउनु पनि हो । हामी नेपालमा बनेको उच्च गुणस्तरका औषधि विदेशमा निर्यात गर्न सक्दछौ । औषधि उद्योग अन्य उद्योग जस्तो नभई एउटा अनुशासन र सिस्टममा सरकार र विश्व स्वास्थ्य संगठनको मापदण्डमा हिडेको सस्था हुन्छ ।

नेपाली जनताले के पाउँछन ?
एक्स्पोले सर्वसाधारणले नेपाली औषधिको गुणस्तरबारे प्रत्यक्ष जानकारी दिन सक्नेछन् । अहिले बजारमा विभिन्न प्रकारका कम गुणस्तरिय औषधि आएका छन् । हामी त्यस्तो औषधिप्रति सचेत रहदै स्वदेशी औषधि उद्योगले कस्ता मापदण्डका कति विश्वसनिय औषधि उत्पादन गरिरहेका भन्ने कुरा प्रर्दशनीबाट नेपाली जनताले थाहा पाउने गर्दछन । यस्तै एक्स्पोमा चितवनको पनि व्यापार व्यवसाय बढ्ने गर्दछ ।

एक्स्पोले औषधिको प्रवद्र्धन गर्न कतिको सजिलो भएको छ ?
अहिले नेपालमा ८२ वटा औषधि उद्योग रहेका छन । साढे तीन सय विदेशी कम्पनीका औषधिका औषधि नेपाली बजारमा छन् । अहिले पनि बर्चश्व तिनै विदेश कम्पनीका रहेका छन् । ति विदेश कम्पनीलाई विस्थापित गर्दै नेपाली उद्योगलाई स्थापित गराउदै लैजान आवश्यक रहेको छ । हो, हामीले एक्स्पो मार्फत नेपाली औषधिको प्रवद्र्धन गरिरहेका छौ । एक्स्पोकै कारण हाम्रो औषधिको माग विदेशमा भइरहेको छ ।

एक्स्पोका मुख्य आकर्षक के के हुन् ?
विदेशी पाहुना गाम्बिया, कम्बोडिया आउने सम्भावना रहेको छ । उहाँहरुले हाम्रो औषधिका केही प्रडक्ट विदेश लैजाने कुरा चलिरहेको छ । एक्स्पोमा नयाँ प्रविधि के के आए, कुन कुन ल्यावको उपकरण के के आउँदै छ र कसरी ल्यावको परीक्षण हुन्छ भन्ने कुरा उपभोक्तालाई मुख्य आकर्षणको हो ।

यस्तै प्रर्दशनीमा विदेशीने युवालाई एउटै थलोमा राखेर उद्योगी संग भेटघाटको वातावरण बनाउने छौ । एक्स्पोमा नै हाम्रो एउटा ह्यूमन रिसर्च स्टेशन हुने छ । त्यो स्टेशनमा युवाहरुले आ-आफ्नो सेक्टरका फर्मासिस्ट,एमआरका लागि म्यानेजरको लागि वायोडाटा राख्दछन र कमन सप्लाई ड्रप वक्स राखेर सवै उद्योगिलाई दिने छौ ।

एक्सपोमा औषधि बन्ने प्रविधि मात्र प्रर्दशनी हुन्छ कि प्रविधिको पनि प्रर्दशनी ?
एक्स्पोमा औषधि बन्ने प्रविधिको बारेमा जानकारी गराइन्छ । औषधि कसरी बन्दो रहेछ भन्ने जानकारी हुन्छ । अहिले हामीले एक्स्पोका लागि बाहिरबाट प्रविधि आइरहेको छन । एक्स्पोमा मेसिन नेपालमा आउँदा धरौटी ख्ने समस्याले गर्दा समस्या हुने गरेको छ । त्यसरी राखिएको धरौति फिर्ता गर्नका लागि १७–१८ महिना लगाउने गर्दछन । गत बर्ष आएका साथी धेरै कस्ट भएको थियो । धरौतिभन्दा पनि बैक ग्यारेन्टी गरिदिए राम्रो हुने थियो ।

 प्रकाशित :-  २०८० फागुन १२, शनिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय