काठमाडौँ, ।  सुनसरी जिल्ला अस्पतालमा चरम बेतिथि, भ्रस्टाचार र अनियमिता भएको पाइएको छ ।
जिल्ला अस्पतालमा एउटा  शौचालय बनाएको करिब दश लाख खर्च रहेको तथ्य बाहिरिएको छ ।

अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेण्ड डा. श्रेया पंगेनी आएदेखि नै औषधि, प्रयोगशालामा प्रयोग हुने केमिकल, एक्सरे खरिदमा प्रेमीलाई प्रयोग गरि र स्वयम नै डिल गर्ने गरेको एक कर्मचारी बताउँछन ।

अस्पतालमा बन्दै गरेको एक शौचालय टेण्डरमा स्थानिय एक ठेकेदारसंगको मिलोमतोमा भएको पाइएको छ ।

उनीअस्पताल सुरुका दिनदेखि नै “कसरी कमाइ हुन्छ” भनेर सप्लायर्स र नजिक संग सल्लाह गर्ने गरेको नाम नबताउने सर्तमा अस्पतालका एक कर्मचारीले बताए । अस्पतालमा दशौ तहका डा योगेन्द्र गुप्तालाई हाजिर नगराउन स्थानिय नेताका घर–दैलो मा बिहानै बिन्ती–पाउ चढाउन पुग्ने डा. पंगेनीलाई माओवादी, एमालेको केहि र कांग्रेसका केहि नेताहरुको साथ सहयोग रहेको छ ।

जिल्लाको सबैभन्दा पुरानो सरकारी अस्पतालमा बिगत केहि बर्षदेखि सुधार भइरहेको भएता पनि पुन: उनी आएदेखि बिचौलिया, अस्पतालमा राजनीति गर्ने र आफ्ना स्वार्थ पुरा गर्नेको हालिमुहालि शुरु भएको स्थानिय बताउँछन् ।
उनले बिरामीको उपचारमा खासै चासो नदेखिएको र कर्मचारी भर्नादेखि सप्लायर्ससंग डिल गर्नमा नै ब्यस्त देखिने गरेको पाइएको छ ।
हरेक सरकारी अस्पतालहरु सुबिधा सम्पन्न हुनुपर्छ र गरिब जनताले सर्बसुलभ तरिकाले उपचार गर्न पाउनुपर्छ भन्ने मान्यता हुनुपर्ने जिल्ला अस्पतालको बिगतमा भएका सेवा–सुबिधालाई समेत जोगाउन नसक्नु मेसु डा. पंगेनीको कमजोरी रहेको बुझिएको छ ।
उनको ध्यान अस्पताल सुधार भन्दा पनि मेडिकलका माफियासंग डिल गरेर बस्ने रहेको छ । अस्पतालमा दशौ र एघारौ मेडिकल सुपरिटेण्डेण्टको दरबन्दी हुनुपर्नेमा उनले शक्तिको आडमा निमित्त मेडिकल सुपरिटेन्डेन्टको रुपमा रहेकी छन् ।

 प्रकाशित :-  २०८० फागुन ९, बुधबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय