काठमाडौं । औषधिका थोक व्यवसायीहरुको छाता संस्था नेपाल औषधि थोक व्यवसायी संघले आफ्नो आठौ स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । संघले दिवसको अवसरमा आज सोमबार  देशभरका शाखाहरुले कार्यक्रम गरेका हुन् ।

संघका अध्यक्ष शिवराज वास्कोटाले सोमबार एक विज्ञप्ती जारी गर्दै औषधि व्यवसायलाइ विगतमा भन्दा आगामी दिनमा थप मर्यादीत र व्यवस्थीत बनाउँदै लगिने बताए ।

वास्कोटाले भने, ‘थप मर्यादित बनाउँदै देशका कुनाकन्दारामा थप जिम्मेवारी वोध गर्दै नागरिकको गुणस्तरीय औषधि सेवन गर्न पाउँने अधिकारलाई प्रभावकारी रुपमा मुखरित गर्न सकोस भन्ने कामना गर्दै सबै व्यवसायीको उत्तरोतर प्रगतिको कामना गदछौं । साथै औषधिका थोक व्यवसायीको हरेक समस्यालाइ संस्थागत रुपमा सम्बोधन गर्दै अविराम क्रियाशील नेपाल औषधि थोक व्यवसायी संघको पछिल्लो समय सातै प्रदेश समिति र जिल्ला कार्यसमिति विस्तारित रहेकाले संस्थागत आवद्धताका लागि समेत अनुरोध गर्दै व्यवसायीको हकाधिकारका लागि काँधमा काँध हातमा हात मिलाएर अघि बढ्न केन्द्रीय समिति प्रतिवद्ध रहेको व्यहोरा अनुरोध गर्दछौं ।’

 प्रकाशित :-  २०८० फागुन ७, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय