काठमाडौँ, : स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले बीर अस्पतालको औषधि पसलमा अत्यावश्यक औषधी नभएको जनाएको छ ।
मन्त्रालयले गरेको अनुगमन क्रममा अस्पतालमा रहेको औषधी पसलमा अनिवार्य रुपमा उपलब्ध हुनुपर्ने अत्याश्यक औषधी उपलब्ध नभएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
अस्पतालमा रहेको औषधि पसलबाट २० प्रतिशत विरामीले मात्र औषधि लिने गरेको, स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत सुविधाको थैलीमा समावेश गरिएका सर्जिकल समान र सर्जरी गर्दा आवश्य पर्ने औषधीहरु आधा मात्र उपलब्ध गरेको पाइएको उहाँले बताए ।
उनका अनुसार अस्पताल नजिकका औषधी पसलमा गरिएको अनुगमनमा औषधि व्यवस्था विभागमा दर्ता नभएको औषधि विक्रीका लागि राखेको, तापक्रम मिलान गरि संचय गर्नुपर्ने औषधिहरु फ्रिज बाहिर संचय गरिएको पाइएको छ ।

