काठमाडौँ,, । सरस्वति पुजा तथा प्रणय दिवसको अवसरमा एक हजार ६०० जनाभन्दा बढीले सुर्तीजन्य पदार्थको सेवन नगर्ने प्रतिवद्धता जनाएका छन् ।
डा ओम फाउन्डेसनले सञ्चालन गरेको अभियानमा एक हजार ६७१ जनाले सुर्तीजन्य पदार्थको सेवन नगर्ने प्रतिवद्धता जनाएको फाउण्डेशनका संस्थापक तथा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मुर्ति अनिलले जानकारी दिए ।
फाउण्डेशनले धूम्रपान तथा सुर्ती सेवन त्याग्नका लागि गत १ फ्रेबुअरी देखि १४ फ्रेबुअरी (माघ १८ देखि फागुन २ गतें) सम्म ‘धूम्रपान गर्ने मान्छे स्वार्थी हुँदैनन’ भन्ने अभियान संचालन गरेको थियो ।
उनले धुम्रपान छाड्नेको सम्र्पक नम्बर लिएको र उनीहरुलाई निरन्तर एक महिनासम्म फोनमार्फत निगरानी गरिने बताए । “मानिसहरु एकै पल्ट धुम्रपान छाड्न सक्दैनन । त्यसैले उनीहरुलाई फोन सम्पर्क मार्फत परार्मश गर्ने छौ” उनले भने ।
उनका अनुसार अभियानमा प्रतिवद्धता जनाउनेमध्ये ७० प्रतिशत मानिस नेपालमा र ३० प्रतिशत मानिस विदेशमा बस्ने रहेका थिए । धुम्रपान त्याग्नेमा १८ बर्षदेखि ४७ बर्ष उमेरसमूहका रहेका थिए ।
फाउण्डेशनले धुम्रपान त्याग्ने २०० जनाको नि:शुल्क स्वास्थ्य जाँच समेत गरेको थियो ।

 प्रकाशित :-  २०८० फागुन ६, आईतबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय