काठमाडौँ, । जन्मजात एक प्रतिशत बच्चलाई मुटुको रोग लाग्ने गरेको पाइएको छ ।
शहिद गङ्गालाल राष्टिय हृदय केन्द्रले जन्मजात मुटु रोग सचेतना सप्ताह कार्यक्रमको बारेमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रका वरिष्ठ बाल मुटु रोग विशेषज्ञ डा उर्मिला शाक्यले हजार जना जिवित जन्मिने बच्चामध्ये आठदेखि दश जनामा मुटु रोग लाग्ने गरेको पाइएको बताइन् ।
उनले आमाको गर्भमा हुँदै मुटुभित्रको विभिन्न भाग तथा मुटुबाहिरको धमनीहरुको बनावटमा गडबढी भएर जन्मिदै बच्चालाई मुटुको रोग लाग्ने गरेको बताए ।
यस्तै जन्मजात मुटुको विरामीमा मुटुको पर्दामा प्वाल पर्ने, मुटुका मुख्य धमनीहरु साधुरिने तथा भल्भहरु आंशिक वा पूर्णरुपमा बन्द हुने, मुख्य धमनीहरु उल्टोपाल्टो भएर निस्कने, मुटुको दायाँ वा वाँया भाग अविकसित हुने गर्दछ ।
यसरी जन्मिदै असाधारण स्वास्थ्य अवस्था रहेका बालबालिकाको मुटु रोगको कारणले धेरै नै मुत्यु हुने गरेको उनको भनाई रहेको छ ।
शिशु गर्भमा रहेको वेला गर्भवती महिलाले उचित खानपिन र पौष्टिक आहारमा ध्यान दिने, चुरोट सेवनलाई रोक्नुपर्दछ ।
उनका अनुसार मुटुको पर्दामा सानो प्वालदेखि लिएर धेरै जटिल विकृति हुन सक्ने छ ।
करिव दुई तिहाईमा लक्षण जन्मेको एक महिनाभित्र देखापर्ने र एक तिहाई शिशुको समयमा नै उपचार नभएमा जन्मेको केही दिनभित्रमा मृत्यु हुने उनले बताइन् ।
उनले १० प्रतिशतमात्र मुटु रोगमा कारण पत्ता लाग्ने बताइन् ।
जन्मिदै मुटु रोग हुने बच्चामा उमेर अनुसार तौल नबढ्ने, कमजोर भइरहने, छाँतीको वाँया भाग माथि उठ्ने, छाती दुख्ने, वेहोस हुने, जिउ सुन्निने जस्ता समस्या देखिने गर्दछ ।
बच्चा निलो हुने
जन्मजात ममुटुमा समस्या भएका बच्चा निलो हुने र निलो नहुने गर्दछन । निलो भएर जन्मिने बच्चा जटिल प्रकार प्रकृतिको हुने केन्द्रका बाल मुटुरोग सर्जन डा.रविन्द्रभक्त तिमलाले जानकारी दिए । यस्तै जन्मिदै निलो भएर जन्मिने वा जन्मेको केही समयपछि निलो भएर आउने बच्चामा मुटु रोगको समस्या हुने गरेको उनले बताए ।
यस्तै रुने वेलामा वा बल प्रयोग गर्दा निलोपना झन बढ्ने, सास छिटो छिटो फेर्ने, वेहोस हुने, हिडदा छिटो थाकेर थचक्क बस्ने जस्ता पनि मुटु रोगका समस्या हुन ।
यसैगरी मुटुको चाल अति छिटो हुने, सास फेर्न गाह्रो हुने वा छिटो छिटो सास फेर्ने, राम्रोसँग दूध चुस्न नसक्ने वा दूध चुस्ने समयमा निधारमा धेरै पसिना आउने, सुतिरहँदा पनि पसिना आइरहने, धेरै छटपटाइरहने, रुँदा केहि नीलोपना देखिने, छिटो छिटो कडा न्यूमोनिया भइरहने, दैनिक क्रियाकलाप समस्या देखापर्ने पनि मुटुको समस्या हो ।

 प्रकाशित :-  २०८० माघ २६, शुक्रबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय