काठमाडौँ, । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यत्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ।
आयोगले स्नातकोत्तर तहका विभिन्न १० बिषयको प्रवेश परीक्षाफल प्रकाशित गरेको हो । आयोगले यही २० माघ देखि २२ गतेसम्म प्रवेश परीक्षा लिएको थियो ।
आयोगले नतिजामा चित्त नबुझेमा पुर्नयोग गर्न आगामी फागुन १ गतेसम्मका लागि समय तोकेको आयोगका उपसचिव धनवहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार उत्र्तिण हुने विद्यार्थीले आगामी फागुन १४ देखि १८ गतेसम्म भर्ना हुने समय तोकिएको छ ।
यस्तै आयोगले सरकारी तथा विदेशी समूह तर्फका उम्मेद्धारहरुको भौतिक उपस्थितिमा हुने म्याचिङको कार्यतालिका समेत सूचना प्रकाशित ग

