काठमाडौँ, । देशभरि नै एक महिनामा कोरोना भाइरसको सङ्क्रमण ५३ जनामा देखिएको छ ।
स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरी महिनामा (पुस १६ देखि माघ १७ गतेसम्म) ४७५ परीक्षणमा ५३ जनामा मात्र सङ्क्रमण देखिएका हो ।

महाशाखाका इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखा प्रमुख डा. गुणनीधि शर्माका अनुसार कोशी प्रदेश चार जना, मधेशमा एक जना, वागमतीमा ४० जना, गण्डकी तीन जना र सुदूरपश्चिम प्रदेश पाँच जना देखिएको छ ।

लुम्बिनी र कर्णाली प्रदेश कोरोना भाइरस भेटिएका छैनन ।
गत पुस २३ गते नेपालमा पहिलो पटक कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन १ पुष्टि भएको थियो । नयाँ भेरियन्ट जेएन–१ बढी सङ्क्रामक रहेका छ ।

 

 

 प्रकाशित :-  २०८० माघ २२, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय