काठमाडौँ, । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकलौटी ढंगले ग्लोबल फण्डलाई प्रस्ताव पठाएको भन्दै फण्डसंग आवद्ध संघसंस्थाहरुले मन्त्रालय घेराउ गरेका छन् ।
समुदायको सहमति विना मन्त्री मोहनवहादुर बस्नेत र मन्त्रालयका उच्च अधिकारीले प्रस्ताव ग्लोवल फण्डसमक्ष एकलौटी ढंगले पठाएको भन्दै उनीहरु आज विहान ११ बजेदेखि मन्त्रालय घेराउ गरेका हुन् ।
आज मन्त्रालय र ग्लोबल फण्डमा आवद्ध संघसंस्थाबीच छलफल गर्ने तयारी थियो । ग्लोवल फण्ड यहि माघ २२ गतेभित्र प्रस्ताव पठाइसक्नुपर्ने हुन्छ तर ग्लोबल फण्डले मन्त्रालयले पठाएको प्रस्तावलाई इन्कार गर्दै आइरहेको छ ।
त्यतिवेला ग्लोबल फण्डले सेभ द चिन्ड्रेनलाई पिआर बनाएपछि हाल मन्त्री बस्नेत असन्तुष्ट रहेका छन् । ग्लोबल फण्डबाट झण्डै छ अर्ब रुपियाँ आउने भएपछि मन्त्रालयको आँखा परेको छ । ग्लोबल फण्डले हात झिकेमा एचआइभि, लागुऔषध प्रयोगकर्ता प्रभावित पर्ने छन् ।

