काठमाडौं, ३ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौँ तहका उच्च कर्मचारीहरूको व्यापक सरुवा र पदस्थापन गरेको छ। स्वास्थ्यमन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका तीन महत्त्वपूर्ण महाशाखाको नेतृत्व परिवर्तन गरेकी हुन् ।

मन्त्रालयमा भित्रिए तीन नयाँ अनुहार
मन्त्रालयको रिक्त रहेका महाशाखा प्रमुखका रूपमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रकी निर्देशक यशोदा अर्याल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रोशन न्यौपाने र हालै एघारौँ तहमा बढुवा भएका डा. गुणनिधि शर्मालाई ल्याइएको छ। यद्यपि, उनीहरूले कुन महाशाखाको जिम्मेवारी पाउने भन्ने विषयमा मन्त्रालयले औपचारिक निर्णय सार्वजनिक गरिसकेको छैन।

काज फिर्ता
मन्त्रालयले लामो समयदेखि मन्त्रालयमै कार्यरत केहीलाई सम्बन्धित अस्पताल र स्वास्थ्य संस्थामा काज फिर्ता पठाएको छ:

डा. चुमनलाल दास: नीति योजना महाशाखाबाट नारायणी अस्पताल, पर्सा।

डा. भीम सापकोटा: स्वास्थ्य समन्वय महाशाखाबाट किटजन्य प्रयोगशाला, हेटौँडा।

डा. सरोज शर्मा: गुणस्तर मापन तथा निरीक्षण महाशाखा प्रमुखबाट वीर अस्पताल।

डा. कृष्णप्रसाद पौडेल: स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक पौडेललाई गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा गरिएको छ। यद्यपि, बोर्डको प्रशासनिक नेतृत्वमा रहेका कारण तत्कालका लागि भने उनले बोर्डकै जिम्मेवारी सम्हाल्ने छन्।

 

 प्रकाशित :-  २०८३ बैशाख ३, बिहिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय