काठमाडाँ । नेकपा एमालेले मन्त्रीहरुको टुंगो लगाएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास वालकोटमा बसेको शीर्षनेताहरुको बैठकले मन्त्रीहरुको टुंगो लगाएको हो ।

एमालेबाट उपप्रधान सहित अर्थमा बिष्णु पौडेल, सूचना तथा संचार प्रविधिमा पृथ्वी सुब्बा गुरुङको टुंगो लागेको छ ।
यस्तै रक्षामा मानवीर राई रक्षा मन्त्री, भौतिक पूर्वाधार तथा यातायातमा देवेन्द्र दाहाल, शिक्षा, विज्ञान तथा प्रविधि विद्या भट्टराई, उद्योगमा दामोदार र भूमिसुधारमा बलराम अधिकारी जाने टुंगो लागेको छ ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले विहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गराउने छन् । प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथ पछि राष्ट्रपति पौडेलले मन्त्रीलाई पद तथा गोपनियताको सपथ गराउने कार्यक्रम रहेको छ ।
हिजो राष्ट्रपति पौडेलले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६(२) अनुसार नियुक्ति गरेका हुन् ।

 

 प्रकाशित :-  २०८१ अषाढ ३१, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय