काठमाडौँ २९ चैत । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री निशा मेहताले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । भ्रष्टाचार निवारण ऐन बमोजिम सार्वजनिक गरिएको विवरणअनुसार मन्त्री मेहताको नाममा काठमाडौँमा घर, सुनचाँदीका गहना र विभिन्न बैंक तथा वित्तीय संस्थामा उल्लेख्य शेयर लगानी रहेको देखिएको छ ।
विवरणअनुसार मन्त्री मेहताको नाममा काठमाडौँको साँगा (साविकको स्थान) मा ६ आना जग्गामा बनेको घर रहेको छ । उक्त घरको खरिद मूल्य ५५ लाख रुपैयाँ देखाइएको छ भने यसको स्रोतमा तलब, ऋण र श्रीमानको कमाइ उल्लेख गरिएको छ । यस्तै, उहाँको नाममा सुनसरीको इनरुवामा पनि पुख्र्यौली जग्गा रहेको देखिएको छ ।

