काठमाडौं । बालाजुस्थित सुनौलो क्षितिज शिक्षालयको आयोजनामा लाङटाङ दुत एबम् लेखक अशोक सिलवालसँग ‘एभरेष्ट’ साक्षात्कार गरिएको छ ।

विद्यालयका प्राधानाध्यापक महेन्द्र वस्तीको अध्यक्षता एबम् पर्यटनदूत सिलवालको आतिथ्यतामा विद्यार्थीसँग साक्षात्कार कार्यक्रम भएको हो ।

कार्यक्रममा नेपालमा पर्यटनको अवस्था र पर्यटन प्रवद्र्धनका विषयमा सिलवालले छलफल गरेका थिए । सिलवालले नेपालका हिमालको महत्व, प्रकृतिबारे चर्चा गरेका थिए ।

सिलवालले भने,‘विद्यार्थी प्रकृति प्रेमि हुनुपर्छ । हिमाल जोगाउन हामी सबैको भूमिका अग्रणी रहन्छ ।’ सिलवालले किताबको ज्ञानलाई व्यवहारमा उतार्न सके सिकाइले सार्थकता पाउने बताए । उनले हिमाल आरोहरणका लागि विश्वभरका आरोहि नेपाल आउने भएकाले विश्व पर्यटन नक्सामा चिनिने र यसले साहसिक पर्यटनलाई बढावा दिने बताए ।

कार्यक्रममा ६० जना विद्यार्थीको सहभागिता रहेको थियो । सो अवसरमा सिलवालले आन्तरिक पर्यटनको विकासले मात्रै देशको विकास हुने बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महेन्द्र वस्तीले यो साक्षात्कारले विद्यार्थीलाई प्रकृतिसँग जोड्न नेपाललाई माया गर्न सहयोग पुर्याउने बताए ।

कार्यक्रमको सहजिकरण विद्यालयका संयोजक सकुन्तला ढकालले गरेकी थिइन् ।

 प्रकाशित :-  २०८२ पौष २३, बिहिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय