काठमाडौँ । क्यान्सर विजेता वरिष्ठ गायिका मिरा राणाले क्यान्सर आत्मबलले जित्न सक्ने बताउनु भएको छ ।
नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीले आज आयोजना गरेको ३८ औ क्यान्सर सर्भाइभर्स दिवसको अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा क्यान्सर आत्मबलले जित्न सकिने बताउनु भएको हो ।
आफूलाई पाँच बर्ष अगाडि क्यान्सर भएकोले अहिले निको भएको उहाँले सुनाउनुभयो ।

वरिष्ठ गायिका राणाले क्यान्सर भएकाहरु आत्तिन नहुने भन्दै विरामीले आत्मबल सहित उपचार गर्नुपर्ने बताउनुभयो ।
“ क्यान्सर भएकाहरु घरमा बसेर आफूलाई यस्तो भयो उस्तो भयो भनेर सोचेर बस्न हुँदैन” उहाँले भन्नुभयो, “क्यान्सर भएका विरामी घरभन्दा बाहिर बसेर साथीभाईसंग काम गर्नु राम्रो हो ।”
वरिष्ठ गायिका राणा ३० बर्ष उमेर पुगेका महिलाले क्यान्सरको नियमित परीक्षण गर्नुपर्ने सुझा दिनुभयो ।

उहाँले आफूलाई क्यान्सर भएपनि निको भइसकेर सवैलाई गीत गाउँदै र नचाउँदै आएको बताउनुभयो ।

यस्तै ‘क्यान्सरबाट कोही पनि मरिदैन । आत्मबल बलियो भएर क्यान्सरलाई जितिन्छ’ तीनवटा क्यान्सरबाट आफ्नो छोरीको जितेको अनुभव आइतवार ३८ औँ क्यान्सर सर्भाइभर्स दिवस दिन आयोजित कार्यक्रममा गीता रानाभाटले सुनाउनुभयो ।
उहाँले आफ्नो छोरीलाई घाँटी, मुख र पाठेघरको क्यान्सर भएपनि आत्मबलले जितेको बताइन् ।

कक्षा एकमा पढदा आफ्नो छोरीलाई क्यान्सर भएकोलेमा अहिले निको भएर इन्जिनियरिङ सातौ सेमेष्टरमा अध्ययन गरिरहेको उहाँको भनाई रहेको छ ।

भारतको नयाँ दिल्लीस्थित राजिव गान्धी अन्तराष्ट्रिय अस्पतालमा उपचारपछि छोरीबाट उपचार सम्भव भएको उहाँको भनाई रहेको छ । “दिनमा ३० पटकसम्म छोरीले रगत बमिट गरिन् । चिकित्सकले पनि तेरो छोरी बाँच्दैनन भन्थ्ये,” उहाँले भन्नुभयो, “तर छोरीले हिम्मत हारिनन मैले नि हारेन । छोरीले आत्मबल देखाइन । र उपचार पछि निको हुँदै भयो । अहिले मेरो छोरी इन्जिनयिरिङ छन । १५ बर्ष भयो क्यान्सर भएको थियो ।”

हामीमा आत्मबल भएपछि क्यान्सर जस्तो रोगलाई जित्न सकिने उहाँको भनाइ रहेको छ । “म मर्छु भनेर भन्ने सोच राख्न हुँदैन, छोरीलाई घाँटीको क्यान्सर नौ पटक भयो । अहिले त्यो बढेर मुखमा क्यान्सर भएको छ । मुखमा भित्रको क्यान्सर व्रेनमा नपुग्नका लागि महिनमा दुई पटक उपचारका लागि दिल्ली जाने गर्दछौ दुई महिनामा एक पटक दिल्ली जान्छौ” उहाँले भन्नुभयो, “ छोरीको आत्मबलले मेरो छोरीलाई २०–३० बर्ष केही हुँदैन । कहिल्यै पनि क्यान्सर रोगले मरिदैन ।”
उहाँले क्यान्सरमा हिम्मत नहारे केही नहुने बताउनुभयो । उहाँले छोरीलाई भएको पाठेघरको क्यान्सर नियन्त्रणमा आएको बताउनुभयो ।

मलाई क्यान्सर लागे यस्तो भएको छ उस्तो भएको छ भनेर आत्मबल कम नगर्न समेत उहाँले आग्रह गर्नुभयो ।

क्यान्सरबाट बचेकाको जीवन सुधार गर्न थप अनुसन्धान र जनचेतना बढाउनको लागि विश्वव्यापी रूपमा सर्भाइभर्स दिवस मनाउने गरिन्छ ।

सोही अवसरमा क्यान्सर बिजेता तथा वरिष्ठ गायिका राणा र साइकलयात्री बस्नेतलाई सम्मान गरिएको छ ।

साइकलयात्री क्यान्सर बिजेता नमिता बस्नेले मलाई केही हुँदैन भनेर आत्मबल हुनुपर्ने बताउनुभयो ।

२० नोभेम्बर १९८७ का दिन न्यू मेक्सिकोमा क्यान्सर सर्भाइभर्सहरुको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको निर्णय अनुसार ५ जुन १९८८ मा पहिलो राष्ट्रिय क्यान्सर सभाइभर्स दिवस मनाउन थालिएको हो ।

क्यान्सरको इतिहास भएकाहरूको सम्मान, क्यान्सरबाट बाचेकाहरूको चुनौतीप्रति जागरूकता र भविष्यका लागि प्रेरणादायी आशाको लागि सर्भाइभर्स दिवस मनाइएको हो ।

क्यान्सर सर्भाइभर्सलार्ई आर्थिक रूपमा सक्षम बनाउन आयमूलक कार्यक्रमहरू सञ्चालन गर्ने, सर्भाइभर्स तथा उहाँको परिवारलाई मनोसामाजिक परामर्श उपलब्ध गराउने, स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने, सर्भाइभर्सको उपचार सर्वसुलभ तथा निःशुल्क उपचार गरिरहेको सोसाइटीकी कोषाध्यक्ष विनु केसीले जानकारी दिनुभयो । दिवसमा क्यान्सर बिजेताले नाचगान समेत गर्नु भएको थियो ।

 प्रकाशित :-  २०८२ जेष्ठ १९, आईतबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय