काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य विमा कार्यक्रम प्रभावित भएको छ । प्रतिष्ठानले आइतवार एक सूचना जारी गर्दै स्वास्थ्य विमा वोर्डबाट विमा रकम भुक्तानि नपाएको भन्दै विमा कार्यक्रमका केहि सेवाहरु रोकेको जनाएको छ ।

प्रतिष्ठानले सूचना जारी गर्दै भनेको छ, “राष्ट्रिय वीमा बोर्डको आफ्नो आर्थिक वाध्यताका कारण बोर्डबाट प्रतिष्ठानलाई समयमै बीमा रकम सोधभर्ना हुन नसकेको कारण प्रतिष्ठानलाई गम्भीर आर्थिक संकट पर्न गइ अस्पतालको नियमित सेवा प्रवाहमा असर पर्ने अवस्था सिर्जना भएको कारण बीमा कार्यक्रम अन्तरगत बीमा बोर्डबाट रकम सोधभर्ना नहुन्जेलसम्म आगामी २०८२ ज्येष्ठ १ गते लागु हुने गरि तीन महिनाको निमित्त उपलब्ध गराइने औषधी एक महिनाको लागि मात्र उपलब्ध हुनेछ ।”

यस्तै, इमर्जेन्सी बाहेकका शल्यक्रिया सेवा हाललाई स्थगित हुने सूचनामा उल्लेख छ । विमितहरूलाई इमर्जेन्सी सेवा र इमर्जेन्सी शल्यक्रिया मात्रै सञ्चालनमा आउने प्रतिष्ठानले जनाएको छ । बीमा सेवा अन्तरगत प्रयोगशाला परिक्षणहरू सीविसी, यूपिटि, सेरुम क्रेटिनाईन, छातीको एक्सरे लगायतका सेवाभने प्रदान गरिने प्रतिष्ठानले जारी गरेको सूचनामा भनिएको छ । प्रतिष्ठानले बीमा अन्तरगतका औषधी र औषधीजन्य सामग्रीहरू प्रतिष्ठानले नियमित खरिद गरेर सेवा प्रवाह गर्दै आएको थियो ।

यस्तै एमआरआई सेवा अवरुद्ध भएको प्रतिष्ठानले जनाएको छ । आपूर्तिकर्ताले पूर्वसर्त पालना नगरेकाले एमआरआई सेवा अवरुद्ध भएको हो ।

 प्रकाशित :-  २०८२ बैशाख २१, आईतबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय