काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षा क्षेत्रमा सुधार गर्ने उद्देश्यले तीन महत्वपूर्ण निर्णय गरेका छन्।

पहिलो निर्णय अनुसार, अब देशभरका प्रत्येक सामुदायिक माध्यमिक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य रूपमा थपिनेछ। मन्त्री पुनका अनुसार विद्यार्थीहरू कम्प्युटर शिक्षा बिना पिछडिन नपरोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।

दोस्रो निर्णयमा, उनले विश्वविद्यालयहरूले परीक्षा लिएर परीक्षाफल प्रकाशित गर्न अत्यधिक समय लगाउने प्रवृत्तिलाई नियन्त्रण गर्ने घोषणा गरेका छन्। अब विश्वविद्यालयहरूले बढीमा तीन महिनाभित्र परीक्षाफल प्रकाशित गर्नुपर्नेछ। समयसीमा उल्लंघन भए अनुदान रोक्का गर्ने चेतावनीसमेत उनले दिएका छन्।

तेस्रो निर्णयमा, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको हाताभित्र रहेको ठूलो क्षेत्रफलकलाई व्यवस्थित गर्ने योजना अघि सारिएको छ। सो क्षेत्रका झाडी फाँडेर आकर्षक बगैँचा निर्माण गर्ने र फुटपाथ तयार गर्ने निर्णय गरिएको छ, जसले विश्वविद्यालयको वातावरणलाई सुन्दर र व्यवस्थित बनाउने बताइएको छ।


 प्रकाशित :-  २०८२ आश्विन ७, मंगलबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय