भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (मौका) परीक्षा आगामी असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ।

यसअघि परीक्षा भदौ २८ र २९ गते हुने गरी तालिका प्रकाशित भए पनि मुलुकको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो।

बोर्डका अनुसार असोज ७ गते अनिवार्य अङ्ग्रेजी (कोड ००४१) विषयको परीक्षा हुनेछ। एक विषय मात्र दिने विद्यार्थीका लागि सोही दिनको परीक्षा रहनेछ। दुई विषयमा परीक्षा दिने विद्यार्थीले भने पहिलो दिन आफूले दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय (अनिवार्य अङ्ग्रेजी वा अनिवार्य नेपाली) को परीक्षा दिनुपर्नेछ।

त्यसैगरी, असोज ८ गते दुई विषय दिने विद्यार्थीले ठूलो कोड नम्बर भएको विषयको परीक्षा दिनेछन्। यस दिन अनिवार्य नेपाली (कोड ००२१) को परीक्षा सञ्चालन हुनेछ। तर, अनिवार्य अङ्ग्रेजी (००४१) भने दोस्रो दिन सञ्चालन नहुने बोर्डले स्पष्ट पारेको छ।

बोर्डले पूरक परीक्षाका लागि परीक्षा केन्द्रहरू यसअघि नै निर्धारण गरिसकेको जनाएको छ।

 प्रकाशित :-  २०८२ आश्विन ७, मंगलबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय